Breaking News

मतदान सकिएको एक घन्टामा मत पेटिएका खोलिने मतगणना सभागृहमै हुने

२७ मंसिर, काठमाण्डौ । नेपाली काँग्रेसको १४औं नयाँ नेतृत्व चयनका लागि भएको मतदान जारी छ । अहिलेसम्म करिब ४५ सय मत खसिसकेको छ भने निर्वाचन आयोगले ११ बजेसम्मको समय थपेको छ । निर्वाचन आयोगले ११ बजेसम्म सक्ने भनिए पनि ११ बजेसम्म नसकिने भएको छ । अझै आधा घन्टा पर लम्बिने बुझिएको छ । निर्वाचन आयोगले मतदान सकिएको साढे १ घण्टापछि मतगणनाको तयारी गर्ने बुझिएको छ । काँग्रेस निर्वाचन समितिका सदस्य तेज रावलले मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गर्नेगरी तयारी भइरहेको बताए । उनका अनुसार साढे १ बजेसम्म मतदानको समय तोकिएको छ भने बीचमा कुनै प्राविधिक समस्या नआए सो अवधिमा मतदान सकिनेछ ।

त्यसपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि मतदानको काम थालिनेछ । यसरी हेर्दा करिब १२ बजेदेखि मतदान सुरु हुनेछ । उनका अनुसार सभापतिको मतगणना राष्ट्रियसभा गृहमा ४ ठाउँमा ड्रम खन्याएर गनिनेछ ।

रातभरमा गणना सकिसक्ने उनको भनाइ छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुनेछ भने ती मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ भने ४ ठाउँमा मतगणना गर्दा करिब ६० जना जनशक्ति आवश्यक पर्ने रावलको भनाइ छ ।