२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान जारी छ । यो समाचार तयार पार्दासम्म करिब ४१ सय मत खसिसकेको छ भने अब खस्न ६४३ बाँकी रहेको छ । दिउसो भन्दा बेलुका अलि छिटो मतदान समेत भएको छ । निर्वाचन समितिका अनुसार रातीको ११ बजेसम्म मतदान सकिने बताएको छ तर केही समय लम्बिन पनि सक्छ ।
मतदान सकिएको एक घण्टामा मतगणना सुरु गर्ने तयारी छ । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका सभापतिका उम्मदेवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुनेछ । १० स्थानमा मतगणना गर्ने तयारी छ ।
अरुको मतगणना भने पार्टी कार्यालय सानेपामा हुनेछ । मतदान सकिएलगतै मतपेटिकाहरुलाई सिलबन्दी गरेर पार्टी कार्यालय लगिने र सभापतिको गणना सकिएपछि मात्र गनिनेछ ।