Breaking News

राजेन्द्र लिङ्देनलाई कमल थापाको पत्र : निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन

२७ मंसिर, काठमाण्डौ । हालै सम्पन्न राप्रपाको महाधिवेशनबाट निवर्तमान अध्यक्ष कमल थापालाई हराउँदै अध्यक्षमा राजेन्द्र लिङ्देनले जित हासिल गरेपछि हार स्वीकारदै कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेपका कारण आफूलाई हराएको बताएका थिए । उनले पार्टीको नयाँ नेतृत्वको सफद कार्यक्रममा नगएर बहिस्कार गरेका उनले आज निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लाई एक पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् । थापाले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको पनि बताएका छन् । ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न’, थापाले पत्रमा भनेका छन्, ‘तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’

थापाले राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन् । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि थापाले जिकिर गरेका छन् ।

चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह