आफैले खनेको खाल्टोमा आफै पर्ने प्रयास नगरियोस् प्रधानमन्त्रीज्यू मेरो सुझाव 

ज बसेको मन्त्रिपरिषदको बैठकमा एकाएक प्रधानमन्त्रीले घुमाउरो पारामा राजनीतिक दल सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने प्रस्ताव घुसाएपछि मन्त्रीपरिषद् बैकमा एक छिन त सन्टास नै छायो र मन्त्रीहरु मुखामुख भएका पनि थिए अरे । बैठक चलिरहकै क्रममा प्रधानमन्त्रीले राजनीतिक दल विभाजन गर्न केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या अब नचाहिने प्रस्ताव आखिर किन ल्याए त ? अहिले विश्वजगत सहित नेपाल पनि कोरोना भइरसका कारणले थलथलीको बेला एकाएक राजनीति तरड किन ल्याएत प्रधानमन्त्रीले ? यो सोचनीय र खोजिनीतिको विषय भएको छ । एक आफु डाडामाथिको घामजस्तै भएका बृद्ध प्रधानमन्त्री त्यसमा पनि देशमा कोरोनाका कारणले लकडाउनमा रहेको र जनता सडकमा भोकभोकै कुदिरहेका दृश्य स्वयम आफै प्रधानमन्त्रीले देख्नु भएकै हो ।
आखिर किन यस्तो कदम चाले त प्रधानमन्त्रीले ?
दिउसोको तीन बजेससम्म शान्त र कोरोनाको भाइरसको रोकथामका लागि होमिएको खबर सुनिरहेको बेला एकाएक राजनीति दल बिभाजन बिधेय मन्त्रीपरिषद्बाट पारित भयो भन्ने समाचाारले कोरोनाको रोगलाई सेलाउँदै प्रधानमन्त्रीको सो विधेयकले स्वयम् नेकपा पाटी मात्र नभएर सिंगो देश नै राजनीतिक कहरमा तातियो ।
हालको ऐनमा विद्यमान व्यवस्था राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवै ठाउँमा ४० प्रतिशत सदस्यको सहमति हुनुपर्ने छ । तर प्रधानमन्त्रीले अब पाटीमा दल फुटाउन ४० प्रतिशत नचाहिने बाक्यांश ल्याएपछि उथलपुथल नै भयो नेपाली राजनीतिक ।
प्रधानमन्त्रीको यो खालको निर्णयले के संकेत दिन्छ त ? अनि कतातिर मोड्छ त राजनीति भन्ने सवालमा केही घन्टा, केही दिन, वा आज भोलि मै प्रष्ट नै हुने छ । तर प्रधानमन्त्रीज्यू यो समय भनेको कोरोना भाइरसको रोकथाम र देशले भोग्नु परेको आर्थिक भार र जनतालाई कसरी सुरक्षित राख्ने तथा भोका भएकालाई भोजन खुवाउने बेलामा किन राजनीतिक दल बिभाजन बिधेयक ल्याएर कोरानो कहर भइरहेका बेला राजनीतिक कहर थपिरहनु भएको छ । यो कदम तपाई र तपाईजस्तै अरु कोहीलाई सुभ भए पनि समग्र देश र जनताको लागि भने कदापी सुभ छैन भोलिका दिनमा आफैले खनेको खाल्टोमा आफै पर्ने प्रयास नगरियोस् प्रधानमन्त्रीज्यू मेरो सुझाव ।