सरकारद्धारा आजै अर्को विधेयक : प्रतिपक्ष दलको नेता नभए पनि संबैधानिक आयोग परिषद्को बैठक बस्ने सक्ने निर्णय

८ वैशाख, काठमाडौं । आव सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विपक्षी दलको नेताकै अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने प्रस्ताव राखेका थिए । संवैधानिक आयोगहरुमा लामो समय नियुक्तिहरु हुन नसकेको उल्लेख गर्दै उनले अब विपक्षी दलको नेता अनुपस्थित हुँदा पनि बैठक बस्ने र निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याउनु परेको एक मन्त्रीले बताएका छन् । तर अध्यादेशमा केत कति बुंदा समेटिएका छन् भने खुलाएनन् ।