Breaking News

३२ वटा सिसिटिभीबाट कांग्रे को १४ ‍‌औं महाधिवेशनको निगरानी

२७ मंसिर, काठमाण्डौ । कांग्रेसको १४ ‍‌औं महाधिवेशनको सुरक्षाका लागि प्रहरीले नेपाल पुलिस क्लबमा ‘ज्वाइन्ट कमाण्ड पोस्ट’ स्थापना गरेको छ।

सिसिटिभीसमेत जडान गरेर प्रहरीले महाधिवेशनका लागि कमाण्ड पोस्ट स्थापना गरेको हो।

महानगरीय प्रहरी परिसरका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जिल्ला प्रशासनको सूक्ष्म निगरानी हुने गरी पोस्ट स्थापना गरिएको हो।

ज्वाइन्ट कमाण्ड पोस्टबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल, काठमाडौंका एसएसपी अशोक सिंह, सशस्त्र प्रहरीका अधिकृतहरूले महाधिवेशनको निगरानी गर्नेछन्।

महाधिवेशन क्षेत्रभर ३२ वटा सिसिटिभी राखिएको छ, त्यसको निगरानी पोस्टबाट हुने काठमाडौं परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।