एमालेमा अध्यक्ष देखि सदस्य सम्म उम्मेदवारी दर्ता गराउन ५०० हजारदेखि १५००सम्म शुल्क निर्धाारण

१३ मंसिर, चितवन । एमालेको १० औं महाधिवेशन चितवनमा जारी छ । हिजो राती ओलीले सहमतिको ३०१ जनाको नाम घोषणा गरेपनि नेता भिम रावलले असहमति जनाए पछि आज बिहानबाट निर्वाचनमा उम्मेदवारी दर्ता गराउने प्रक्रिया सुरु भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी शुल्क तयार गरेको छ। जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ ।

यस्तै उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ । उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ। विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको वारिसनामामार्फत दर्ता गर्न सकिनेछ ।