नेकपा एमालेको १० औं महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु अहिलेसम्म ५० जनाको उम्मेदारी मनोनयन

१३ मंंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । आज बिहानैबाट उम्मेदवारी दर्ता कार्यक्रम सुरु भएको हो । एमालेको महाधिवेशन अन्तरगत चुनावी कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । जसअनुसार नेताहरुले धमाधम मनोनयन दर्ता गराउन थालेका छन् ।

एमालेमा पदाधिकारीसहित केन्द्रीय कमिटीमा अध्यक्ष केपी ओलीले नाम प्रस्ताव गरेपछि त्यसमा मनोनयन दर्ता गराउनुपर्ने छ भने उम्मेदवारी नपरेको पदमा सर्वसम्मत हुनेछ ।

अहिलेसम्म ५० जनाको उम्मेदारी मनोनयन दर्ता भइसकेकोे छ। अझै यो क्रम बढ्ने बुझिएको छ ।