नेता भिम रावलद्धारा एमालेको अध्यक्षमा उम्मेदवारी दर्ता

१३ मंसिर, चितवन । एमालेको १० औं महाधिवेशन चितवनमा लम्बिएको छ । हिजो सक्ने भनेर बनाइएको तालिका आज पनि नसकिने भएको छ । अध्यक्ष ओलीले मध्यान्न राती एमालेको १० औं केन्द्रीय कमिटीको सहमतिको नामावली सुनाए पनि त्यस उपर उपाध्यक्ष भिम रावलले यो प्रक्रिया आफुलाई मान्ने नहुने अध्यक्ष पदमा दिने बताए पछि निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार रावलले आज बिहान अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

हिजो राती नै फारम भरेका रावलले आज बिहान निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र उप महासचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् ।