Breaking News

लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने

१० मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको निम्तोलाई स्वीकार गर्दै चितवनमा भइरहेको उद्घाटन समारोहमा शुभकामना दिंदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देश र जनताको सफल होस भन्ने कामना गदेै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताए । यचदवले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए ।

यादवले अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति संघीयता सुशासन आर्थिक समृद्धिहरू टाढिँदै गएको छ । जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको बताएका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष, उपेन्द्र यादव