प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब ४ महिनापछि नारायणी किनारमा भेट

१० मंसिर, चितवन ।  प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब ४ महिनापछि एमालेको दसौं महाधिवेशन समारोह चितवन नारायणी किनारमा भेट भएको छ। उद्घाटन समारोहमा एमालेको निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा चितवनमा पुगेका हुन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली एकैसाथ मञ्चमा देखिएका थिए ।

मञ्चमा जाँदा आयोजकले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीलाई माला लगाइदिएका थिए।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली झन्डै पाँच महिनापछि पहिलो पटक एकै मञ्चमा सँगै देखिएका हुन्।
ओलीको सरकारलाई अदालतको फैसलाबाट पत्तच्यूत गर्दै सरकारको नेतृत्व गरेका प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच करिब ४ महिनासम्म भेटघाट भएको थिएन । तर आज एमालेको १०औं महाधिवेशनले भेट गराउने अवसर मिलाएको छ ।