किर्डाक नेपाल र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटबीच जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

८ मंसिर, कालिकोट । कालिकोटको सदरमुकाम मान्मामा आज किर्डाक नेपाल र स्वास्थ्य कार्यालय कालिकोटबीच समवन्य बैठक बसेको छ । मान्मामा किर्डाक नेपाल र जिल्ला स्वास्थ्य कार्यालय कालिकोट बिच जिल्लास्तरीय समन्वय बैठक बसी सम्पन्न भएको जानकारी कदर न्युजका कालिकोट संवाददाताले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा. रत्नवीर सुनारको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा प्रहरी नायब उपरीक्षक सिद्वराज न्यौपाने, शसस्त्र प्रहरी बल आश्रित गुल्मका गुल्मपति रामबाबुपालि बोगटी, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, पत्रकार कालिबहादुर मल्ल, बिष्नु न्यौपाने, बिश्वनाथ सिमखडाका साथै जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका स्वास्थ्यकर्मीहरुको सहभागिता बैठक सम्पन्न भएको हो ।

No description available.

बैठकमा बोल्ने क्रममा किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले कार्यक्रमका बारे प्रष्ट पार्नु भएको थियो । पलान नेपालको आर्थिक सहयोगमा जिल्लाका ३ वटा पालिकामा सो कार्यक्रम सञ्चालन हुने उनले बताए । नरहरिनाथ, सान्नित्रीवेणी र राष्कोट नगरपालिकामा कोभिड-१९ र खोपका बिषयमा सचेतना जगाउने र खोपको महत्वका बारे मानिसहरूलाई जानकारी दिने, खोपहरु सँग सम्वन्धित पौराणिक सोचहरु र गलत धाराणाहरुलाई हटाउने बताइएको थियो । सो बैठकको सञ्चालन जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले गरेका थिए ।