पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ताको माग राख्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र

८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि त्यसको बिरुद्धमा उत्रिएका ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

आज बालुवाटारमा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल (क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने आश्वासन बिद्यार्थी संगठनलाई दिएका थिए।

६ बिद्यार्थी संगठनदे ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको ज्ञापनपत्र उल्लेख गरिएको छ ।