सर्वोच्च अदालतमा १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी

८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा निरन्तर प्रधानन्यायाधीश जबराको राजीनामाको माग राख्दै आन्दोलनत कानुन व्यावसायीले धर्ना गरिरहेका भने भने अकोतर्फ अदालतबाट हुने सबै आदालती कामकार्य भइरहेका छन् यसै क्रममा आउदो मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको आज भएको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेको एक न्यायाधीशले जानकारी दिए ।

गोला प्रथाबाट इजलास तोक्ने निर्णय गर्न बिहीबार पूर्ण बैठक (फुल कोर्ट) बोलाइएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।