जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हुनेछ

एमाले अध्यक्ष, केपी शर्मा ओली

७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संचारमिडियाका सम्पादकहरुसँग गरेको अन्तरसंवाद कार्यक्रममा बोल्ने क्रममा वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको बताएका छन् ।

एमालेको दशौं महाधिवेशन १० मंसिरमा चितवनमा सुरु हुँदैछ, तर पदाधिकारीका आकांक्षीहरुले मुख खोलेका छैनन् । उनीहरु अध्यक्ष ओलीको संकेत पर्खिरहेका छन् ।

छलफलमा ओलीले भने उक्त पदाधिकारीहरुमा आफ्नो कुनै रोजाइ नभएको बताए । जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो र हुनेछ ।