भिम रावलको चुनौतीलाई स्वागत गर्छु

७ मंसिर, काठमाडौं । आज काठमाण्डौंमा संम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूलाई चुनौती नदिएको बताएका छन् ।

बोल्ने क्रममा रावलले आफूप्रति सम्मान देखाएको र थकाइ लागेको भए म उठ्छु मात्र भनेको बताए । रावलको सुझावबाट आफू प्रभावित भएको भन्दै ओलीले भने, ‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ।’