कर्णाली प्रदेशको मन्त्रीमण्डलमा एकीकृत समाजवादी नेता चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त

३० कार्तिक, सुर्खेत । कर्णाली प्रदेशको नवगठित मन्त्रीमण्डलमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् ।