सभामुख प्रदीपकुमार भण्डारी नेकपा एमालेका सांसद निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरे

मुख्यमन्त्री, राजेन्द्र राई

३० कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम भए पनि प्रदेश सभा बैठकमा एमाले सांसद नआएपछि सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेका सांसद उपस्थिति नभएकाले प्रदेशसभा बैठक स्थगित गरेपछि मुख्यमन्त्री राईले एमाले सांसदको निर्देशनमा सभामुुखले बैठक स्थगित गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद सहभागी नभएपछि सभामुख भण्डारीले बैठक बुधबार दिउँसो साढे ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

मुख्यमन्त्री राईले भने सभामुखको उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । प्रमुख विपक्षी दलले दुख दिने नियतले मात्र आजको बैठक रोक्न आग्रह गरेको र सभामुखले एमालेको निर्देशन मानेर बैठक स्थगित गरेको उनले बताए ।