भक्तपुरको मध्यपुरठिमी चारदोबाटोमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु

३० कात्तिक, काठमाडौं । काठमाण्डौं उपत्यकामा दुर्घटना अत्याधिक मात्रामा हुने गर्दछन् । आज बिहान भक्तपुरको मध्यपुरठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहान सवा चार बजे बागमती प्रदेश ०३-०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।