कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. निरेश थापा निमित्त उपकुलपतिको नियुक्त

२५ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. निरेश थापालाई निमित्त उपकुलपतिको नियुक्ती दिएका छन् । आज सहकुलपति स्तरको निर्णय गर्दै स्वास्थ्यमन्त्री खतिवडाले अर्को व्यावस्था नभएसम्म थापालाई आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी नियुक्ती दिएका हुन ।

स्वास्थ्यमन्त्री खतिवडाले २३ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गरी उपकुलपति डा. मंगल रावललाई काम काज रोक्न पत्र पठाएका थिए । गत चैत २२ गते उपकुलपतिमा नियुक्त डा। रावलको विषयमा प्रश्न उठेपछि कामकाजमा रोक लगाउन मन्त्री खतिवडाले निर्देशन दिएका थिए ।

स्वास्थ्यमन्त्री खतिवडाको यो निर्णयप्रति प्रतिष्ठानका ८८ जना चिकित्सक नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले असन्तुष्टी जनाउँदै विज्ञप्तीिजारी गरिसकेका छन् । उक्त निर्णय राजनीतिक दाउपेच रहेको भन्दै तत्काल नसच्चिए संघर्षका कार्यक्रमसहित अगाडि आउने विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै एमबीबीएस, बीएनएस, बी फर्मालगायतका अन्य शैक्षिक कार्यक्रम सञ्चालन हुने अन्तिम चरणमा पुगेका बेला प्रतिष्ठानलाई अगाडि बढ्न नदिन राज्यले नै षड्यन्त्र गरेको उनीहरुको आरोप छ । प्रतिष्ठानमा शुरु हुन लागेका कार्यक्रमलाई प्रभावित बनाउन पूर्वाद्धमा निम्त्याइएको अस्थिरताले भर्खरै हुर्कँदै बढ्दै गइरहेको संस्थालाई धरासायी बनाउने खेल शुरु भएको विज्ञप्तिमा उल्लेख छ । यस्ता चलखेलको शिकार प्रतिष्ठानको महत्वकांक्षी बहुवर्षीय आयोजना साथै दैनिक कामकाजहरुमा समेत प्रभावित हुने विज्ञप्तिमा उल्लेख छ ।

‘प्रतिष्ठानका कामकाज रोग लगाइएको प्रति ध्यानाकर्षण भएको र स्वास्थ्य मन्त्रालयले गरेको निर्णयको कारणले प्रतिष्ठानको भविष्यमाथि नै खेलवाड भएको हुँदा हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु उक्त कार्यप्रति घोर भत्र्सना गर्दर्छौ,’ विज्ञप्तिमा भनिएको छ ।