Breaking News

बागमती प्रदेशका मुख्मन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार: आर्थिक मामिला तथा योजना शालिकराम जम्कट्टेल, नीमा लामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

बागमती प्रदेशका मुख्मन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरिएका छन् । आज मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका छन् । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरिएको हो ।

जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीद्वयले आज नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको बताइन्छ । भागवण्डाकै लागि प्रदेश सरकारका केही मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको छ ।