Breaking News

नेकपा एकीकृत समाजवादीले भोलि २ बजे स्थायी कमिटीको बैठक आह्वान

२५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलिका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।

नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा भोलि दिउँसो २ बजे बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने बताइएको छ ।