रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८ को बार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८ को बार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद विनोद केसीले गर्नुभएको हो ।

बार्षिक समिक्षा कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको मापदण्ड अनुसार रघुगंगाले गत आथिर्क वर्षमा ७०.२५ अंक प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७६/०७७ मा ५१.२५ अंक प्राप्त भएको थियो भने यस बर्ष सो अंक आएको बताउनुभयो । गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह, कार्यालय ब्यवस्थापन विकास आयोजना संचालन, पारदर्शीता, सुशासन लगायतका विषयमा स्वमूल्याकंन भएकोे सुवेदीले समिक्षा कार्यक्रममा जानकारी दिनुभयो । आगामी दिनमा सुधार गनुपर्ने सेवाहरुमा सुझावअनुसार सुधार गरेर अघि बढ्ने सुवेदीले प्रतिबद्धता जनाउनुभयो ।

सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गत आर्थिक बर्षसम्ममा कुइनेखानी बाहेक सबै बस्तीमा सडक, गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि निशुल्क जग्गा ब्यवस्थापन गरेर बहुउद्देश्यीय भवन निर्माण, प्रहरी चौकी निर्माण अन्तिम चरणमा, भगवतीमा नीजि खानेपानी धारासहितको खानेपानी योजना संचालन, पाखापानीमा विद्यूतीकरण, दर्मिजा, चिमखोला र कुइनेमंगलेमा विद्युतीकरण्को तयारी गरिएको जानकारी गराउनुभयो ।

उहाँले धौलागिरी आइसफलमा पदमार्ग, रुईसे र टोड्केमा पुर्वाधार निर्माण संचालन, संघ, प्रदेश र जिससको समन्वयमा भगवतीमा कोतमन्दिर निर्माण लगायतको विकासका काम गरिएको बताउदै प्रदेश योजना अन्तरगत गलेश्वर, भगवती सडकको समयमै काम सम्पन्न गराउन पुर्वाधार विकास कार्यालयमा समन्वय गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाको पहलमा आकस्मिक विपतमा परेका २७ जनालाई हेलिकप्टरबाट उद्धार, कोभिड अस्पताल संचालन गरेर कोभिड विरामी उपचार गरिएको अध्यक्षले भण्डारीले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादर केसीले जिससको समन्वयमा रघुगंगामा शिक्षा क्षेत्रका पुर्वाधार निर्माण प्रभावकारी भएको बताउदै गुणस्तरीय शिक्षासहित विद्यालय सुधारमा सबैले ध्यान दिन आग्रह गर्नुभएको थियो ।
उहाँले राजनीतिक दलबाट निर्वाचित भएपछि साँझा जनप्रतिनिधिको रुपमा जनताको काम नेतृत्वमा बसेर गनुपर्ने कर्तब्य हाम्रो रहेको बताउनुभयो । जिसस प्रमुख केसीले राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, रघुगंगाबासी मिलेर रघुगंगाको विकास सम्भव हुनेमा जोड दिनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले गाउँपालिकाले संचालन गरेका योजनालाई प्रक्रियागत रुपमा समयमै सम्पन्न गराउनमा सकेमा मात्र जनप्रतिनिधि र कर्मचारीले सफलता प्राप्त गर्ने बताए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले स्थानीय उद्योगी ब्यवसायीको उत्पादनलाई प्राथमिकता दिएर खरिद गर्न सुझाव दिनुभयो ।

पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, रघुगंगा गाउँपालिका २ का वडा अध्यक्ष रिमबहादुर केसी, नेपाली कांग्रेस रघुगंगा रघुगंगा गाउँपालिका समितिका सभापति मनकुमार शेरपुञ्जा, नेकपा माओवादी केन्द्र रघुगंगा गाउँकमिटी अध्यक्ष हरि भण्डारीले मन्तव्य रहेको समिक्षा कार्यक्रममा विषयगत शाखाका प्रमुखले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममो गाउँपालिकाले हाइड्रोसंग गरेको सभ्झौता अनुसार प्रभावित जनताले पाउने सुविधा समयमै उपलब्ध गराउन माग गरेका थिए ।

उपस्थित रघुगंगाबासीले वडानम्वर ४ मा सचिवको ब्यवस्था, स्थानीय नदीजन्य स्रोतमा हाइड्राको हस्तक्षेप, समयमै सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, योजनामा बेरुजुको समस्या हटाउने, योजनाहरुलाई समयमै सम्झौता र कार्यान्वयनमा जोड, सेवाप्रवाहलाई प्रभावकारी रुपमा संचालन तथा सूचना प्रभावकारी रुपमा अनलाईन अपटेड गराउन ध्यानकर्षण गरेका थिए ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले टुदी पावर हाइड्रोसंग भएको सम्झौता अनुसार अजिङ्गर भिरमा सडक निर्माणमा सहकार्य, चिमखोलामा २० टन बेलीव्रिज पुल निर्माण भएको बताउनुभयो। हाइड्रोले सामाजिक उत्तरदायित्व अन्तरगत प्रभावित क्षेत्रका जनतालाई रोजगारी क्षतिपुर्ति गराउनमा समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो । नदीजन्य पदार्थ स्थानीयले सार्वजनिक काममा प्रयोग गर्न पाउने छन्, यसमा सहजीकरण गर्ने भन्नुभयो हुने उहाँले भन्नुभयो ।

निशुल्क रुपमा जनताबाट प्राप्त जग्गामा प्रशासनिक भवन बनाउनमा डिपिआर तयार भएर आएको समेत जानकारी दिनुभयो ।गाउँपालिका उपाध्यक्ष कमला तिलिजले योजना शाखाका कर्मचारी, ईन्जिनियरको सहभागिता योजनाहरुको अनुगमन गरेर मात्र भुक्तानी दिने गरेको बताउनुभयो । कुनै योजनामा अनुगमन विना काम पूर्णरुपमा सम्पन्न नभएसम्म भुक्तानीको सिफारिस नभएको जानकारी गराउनुभयो । प्रमुख प्रशासकिय अधिकृत सुवेदीले सचिवको पदपुर्ति गर्न प्रदेशसंग माग गरिएको बताउनुभयो ।

उहाँले सार्वजनिक खरि ऐन अुनसार उपभोक्ता समितिले पेश गरेको विलअनुसार भुक्तानी गर्दा वेरुजु देखिएको जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले नियमअनुसार खाता नखोल्दा र ढिलाई गर्दा भत्ता वितरणमा प्रक्रियागत ढिलाइ भएको जानकारी गराउदै प्रक्रिया पुगेको वडामा छिट्टै भत्ता खातामा वितरण हुने बताउनुभयो ।