वार्ताटोली सँग : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो सम्मानजनक निकासको प्रस्ताव

१४ कात्तिक, काठमाडौं । आज बार एशोसिएनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासंग बार्ता गर्न तीन सदस्यी कमिटी बनाएर उनीसँग आज बेलुका भएको वार्ता कमिटीसँग प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो सम्मानजनक निकासको प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उनले सम्मानजनक निकासको प्रस्ताव गरेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई पठाएका थिए ।

‘प्राप्त समाचार अनुसार एक न्यायाधीसका अनुसार, प्रधानन्यायाधीशज्यूबाट सम्मानजनक निकासको अपेक्षाको प्रस्ताव गरेको बताए । त्यो हो कि होइन, हो भने के रहेछ भनेर हामीले तीन जना श्रीमानहरुलाई पठाएका हौं’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘उहाँहरुसँग प्रधानन्यायाधीशज्यूले कस्तो कुरा गर्नुहुन्छ, त्यसका आधारमा अरु कुरा तय गरौंला ।’

छलफलका क्रममा सोमबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि समेत सुनुवाइ गर्नेबारे छलफल भएको उनले बताए । तर बन्दीप्रत्यक्षीकरण बाहेक थुनुवा जोडिएका र पुराना मुद्दा सुनुवाई गर्ने भनी हल्ला चलेपछि त्यो यथार्थ नभएको उनले बताए ।