Breaking News

कालीगण्डकी नदीमा परेर बेपत्ता भएर नभेटिएकी ११ वर्षीया बालिकाको नेपाल लाइफ इन्सोरेन्स कंपनीले मृत्युदावी भुक्तानी

बागलुङ । बागलुङ न.पा. ४ उपल्लाचौरकी एक बालकको कालीगण्डकी नदीमा परेर बेपत्ता भएपछि खोजी गर्दा नभेटिएको र प्रहरीले मृत्यु भएको अनुमान गरेपछि नेपाल लाइफ इन्सोरेन्स कंपनीले ११ बर्षिय बालकको मृत्युदावी भुक्तानी गरेको छ ।

गएको साउन १४ गते नदीमा बेपत्ता भएका ११ बर्षका यमन पुनकी आमा जमुनालाई नेपाल लाइफ इन्सोरेन्स कंपनीका शाखा प्रमुख महेन्द्र गुरुङले १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । उनीहरुले गत असारमा बिमा गरेर पहिलो किस्ता स्वरुप ९५ हजार ८ सय ९३ रुपैयाँ बुझाएका थिए । घटनाको प्रमाणित भएको र कागजात पुगेपछि कंपनीले बिमांक रकम भुक्तानी दिएको हो ।

बीमा गरेपछि सजिलै भुक्तानी पाइदैन भन्नेलाइ यो गतिलो जवाफ भएको गुरुङले बताए । उनले हरेक नागरिक बिमित हुनुपर्ने भन्दै घटना भएमा परिवारले राहत पाउने र नभएपनि भविष्यकालागि उचित बचत हुने बताए । मंगलवार एक कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरियो ।

लेखक : कृष्णबहादुर कार्की