अग्नि सापकोटाजस्तो संसदीय राजनीतिको कलङ्क मान्छे, फेरि सिन्धुपाल्चोकबाट निर्वाचित भएर संसद्मा पाइलो टेक्न पाउनुहुन्न

एमाले अध्यक्ष, केपी ओली

एमाले का अध्यक्ष केपी ओलीले सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्च, एमालेको कार्यक्रममा बोल्दै भने, सभामुख अग्नि सापकोटाले पदीय गरिमा बिर्सिएर पार्टीका पक्षमा काम गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले आगामी चुनावमा माओवादी नराम्ररी हार्ने ठोकुवा समेत गरे ।

‘एक तिहाइ होइन, एउटा पनि छोडिँदैन । अग्नि सापकोटाजस्तो संसदीय राजनीतिको कलङ्क मान्छे, फेरि सिन्धुपाल्चोकबाट निर्वाचित भएर संसद्मा पाइलो टेक्न पाउनुहुन्छ ? संसद्को सभामुखको गरिमा राखेको खोइ । पदीय ढोँगी , मर्यादा केही छैन । पदीय भूमिका र पदीय गरिमालाई तिलाञ्जली दिएर एमालेविरुद्धको षडयन्त्रमा सामेल हुने,’ ओलीले भने, ‘पार्टीको निर्देशनमा संवैधानिक परिषद्का बैठकमा अनुपस्थित हुने । पदीय कर्तव्य पालना नगर्ने र देशलाई नै बर्बाद गर्ने व्यक्ति कसरी
चुनिनुहुन्छ ?’