निर्वाचनसम्म गठबन्धन रहने र निर्वाचनका लागि पात्रको खोजीको गृहकार्यमा छौ

माओवादी अध्यक्ष, प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन अनुसार निर्वाचनमा जाने सैद्धान्तिक सहमति अनुसार अब पात्रको खोजी भइरहेको बताएका छन् । जनकपुरधाममा प्रेस सेन्टर नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले निर्वाचनसम्म गठबन्धन रहने र निर्वाचनका लागि पात्रको खोजीको गृहकार्यमा लाग्ने स्पष्ट पारेका हुन् ।

निर्वाचनमा उम्मेदवारहरुको समेत टुङ्गो गठबन्धनले लगाउने उनको भनाइ छ । उनले मुलुकको न्यायालयको क्षेत्रमा समस्या देखिएकोले गठबन्धनका दलहरूले त्यसको लागि धारणा बनाउने प्रक्रियामा रहेको बताए । उनले अहिले गठबन्धनको सरकार रहेकोमा गठबन्धन राम्रोसँग चलिरहेको, तर न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेताहरू काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेको समेत
बताए । अहिले गठबन्धनका नेताहरू काठमाडौँ भन्दा बाहिर भएकाले साझा धारणा बनाउनमा ढिलो भएको छ, बैठक बस्ने बित्तिकै गठबन्धनको धारणा आउँछ ।’

लामो समयदेखि संसद् विजनेशविहीन रहेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘प्रतिपक्षी दलले संविधानको मर्म भावना विपरीत अनावश्यक रूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि नागरिकता विधेयक लगायत महत्त्वपूर्ण विधेयकहरू अगाडी बढ्नेछ ।’ उनले नागरिकता विधेयक गठबन्धनको समझदारी अनुसार नै आउने बताए ।

अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहना रहेको बताए । उनले भने, ‘नागरिकता विधेयकको लागि हामी राष्ट्रिय सहमतिबाटै जान
चाहन्छौ ।