टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा भारतले पाकिस्तानसामु जीतका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत

एजेन्सी

टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा भारतले पाकिस्तानसामु जीतका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको हो ।

कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का हिर्काए । भारतले खेलमा निकै खराब शुरुवात गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो । सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए ।

त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए । १९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए ।