नेपालमा थप ५ सय ५७ जना कोरोनाका नयाँ संक्रमित थपिए

नेपालमा थप ५ सय ५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ६१ पीसीआर तथा १ हजार ५६४ एन्टिजेन परीक्षण गरिएको हो। गत २४ घण्टामा ८७७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन्।

हाल देशभर १० हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।

आजै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।
काठमाडौं उपत्यकामा २०९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १५९, भक्तपुरमा ९ र ललितपुरमा ४१ संक्रमित थपिएका हुन् ।