काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्ने

२० असोज, काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बनाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने छ ।

उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत बृद्धि गरिएको छ । यो भाडादरमा यात्राुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने समेत मन्त्रालयको निर्णय छ ।