Breaking News

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन

कृष्णबहादुर कार्की

म्याग्दी, २० असोज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन भएका छन् ।

अखिल क्रान्तिकारी गण्डकी प्रदेशको अध्यक्षका लागि नारायण बडालले आकांक्षा देखाएका थिए। तर, अन्तिममा पौडेलको नाममा सहमति भएको हो। यसअघि पौडेल अखिल (क्रान्तिकार) म्याग्दीको पुर्व अध्यक्ष हुँदै गण्डकी प्रदेशको सह(संयोजक थिए।

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशले अब ११ पदाधिकारी र १११ प्रदेश समिति बनाउने प्रस्ताव गरेको छ। अरु पदाधिकारी पछि प्रदेश पार्टीसँगको समझदारीमा टुंगो लगाइने अध्यक्ष पौडेलले जानकारी दिए। असोज ९ गते अखिल (क्रान्तिकारी) ले गण्डकी प्रदेशको सम्मेलन गरेको थियो। तर, सम्मेलनले नेतृत्व टुंगाउन नसकेपछि क्रान्तिकारीको केन्द्रीय नेतृत्वले प्रदेश अध्यक्षहरुमा सहमति जुटाएको हो।

लेखक : कृष्णबहादुर कार्की