Breaking News

बेनी अस्पतालमा आन्दोलनरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारी र सरोकावाला पक्षबीच सहमति पछि बेनी अस्पताको सेवा सुचारु

२० असोज, बेनी । बेनी अस्पतालमा आन्दोलनरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीले आज बिहानदेखि अस्पताल प्रशासनले तीन महिनाको तलब नदिएको भन्दै आन्दोलन र भर्ना गरेपछि आज साँझ अन्दोलनरत पक्ष ,अस्पताल प्रशासन ,जिल्ला प्रशासन कार्यालय ,प्रदेश सरकारले पठाएका लेखापाल नारायण सुवेदी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि विच रोकिएको तीन महिनाको तलब उपलब्ध गराउने समहमति भएपश्चात चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारी नियमित काममा फर्किएका छन् ।

प्राप्त समाचार अनुसार अस्पतालमा कार्यरत सबै चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई भोली विहिबार विहान सम्म तलब भत्ता उपलब्ध गराउने सहमतिपछि बन्द सबै सेवाहरु सुचारु भएको छ । अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारी गरी १२४ जनाको तलब भत्ता असार महिनादेखी रोकिएको थियो ।

आन्दोलनका कारण अस्पतालमा इमरजेन्सी शाखा बाहेकका सबै बन्द भएको थियो । सेवा अवरुद्ध हुँदा अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो। ६४ शैय्या बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प भएको थियो । औषधी उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरु आकस्मिक कक्ष अगाडी धर्ना बसेका थिए । बहिरंग ,ल्याब ,आँखा उपचार लगायत औषधी सम्बन्धी सेवाका सकाथै प्रशासनिक काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

लेखक : कृष्णबहादुर कार्की