Breaking News

नाइलीवाङ वडा युवा संघको कमिटि गठन विस्तार

युवा संघको संगठन बिस्तारका क्रममा युवा संघ पर्वत नाइलीवाङ वडा भेलामा सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला नेता लालबहादुर अधिकारीले बोल्ने क्रममा नेकपा एमाले नै आगामी निर्वाचनमा पहिलो शक्ति हुने दावी गरेका छन्। नेकपा एमाले छोडेर गएकाहरु लुरुलुरु एमालमै फर्कने बाहेकको विकल्प छैन भन्दै कोहि युवाहरु पनि एमाले छोडेर अर्को संगठनमा नलाग्न अनुरोध गरे ।

कार्यक्रममा युवा संघका केन्द्रिय सचिव तथा युवा नेता बिमल लामिछानले युवाहरुको जोश जागर र शक्तिकै कारण एमालेले आगामी निर्वाचनमा विजयी हासिल गर्ने दावी गर्दै गबन्धनको नाउँमा नयाँ सरकार बनाएर देशलाई बन्धक बनाएको जिकिर गर्दै युवाहरु अव सामाजिक, राजनैतिक सवै आन्दोलनमा अग्रणी मोर्चामा लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष थमनारायण पौडेलले पर्वत जिल्लामा युवा संघले अन्याय, अत्याचार र विसंगतीको विरुद्धमा धावा बोल्ने बताए । उनले जहाँ अन्याय हुन्छ, जहाँ अत्याचार हुन्छ त्यहाँ युवा संघले आफ्नो उपस्थिती देखाउने दावी गरे । युवासंघ जलजला गाउँकमिटिका अध्यक्ष दिलिप बरुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य नरबहादुर कार्कीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन युवा संघका नेता महेन्द्र रेग्मीले गरेका थिए ।

लेखक : कृष्णबहादुर कार्की