कालिकोट कांग्रेस जिल्ला सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन अन्र्गत कर्णाली प्रदेशको कालिकोट जिल्ला काँग्रेस जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । कालिकोट कांग्रेसको जिल्ला नेतृत्वको लागि धेरै जनाको आकांक्षी भए पनि अन्ततः अधिवेशनबाट अम्मबहादुर शाही सर्वसम्मत सभापति चयन भएका छन् ।

कालिकोटको कांग्रेस कालिकोटमा जिल्ला सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

कालिकोटका ८२ वटा वडा, ९ वटा पालिका, २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो । सहमतिमै महाधिवेशन प्रतिनिधि पनि निर्वाचित भएको कालिकोट कांग्रेसले जनाएको छ ।