१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काँग्रेसका नेताहरुमा दौडधुप र गुटागत मोर्चाबन्धी तिब्र चलिरहेको बेला उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन प्रभावित हुन नदिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
उपसभापति निधिको निवासमा भएको छलफलपछि उनीहरुले तोकिएकै समयमा महाधिवेशन गराउनुपर्ने निष्कर्ष निकालेका हुन् । विवाद भएका जिल्लाको क्रियाशील सदस्यता विवाद पनि तत्काल टुंगोमा पु¥याउनुपर्ने एक नेताले
बताए ।
तीन नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने पनि बताएका छन् । उनीहरुले सहमति जुटाएर मिलेर जाने र थप छलफल गर्दै जाने पनि बताएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताले १४ औं महाधिवेशनमा आफूहरुमध्ये एक जना मात्र उम्मेदवार हुने बताउँदै आएका छन् ।