नेकपा विप्लव कालिकोटद्धारा तीन बुँदे कार्यान्वयनका लागि प्रजिअ मार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पेश

१८ असोज, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी विप्लप निकट के नेकपा कालिकोटले नेपाल सरकार र नेकपा बिच २०७७ फाल्गुण २१ गते गरिएको ३ बुंदे सहमतीलाई यथासिघ्र कार्यान्वयनका लागि ध्यानाकर्षणका लागि जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री कार्यालय सिंहदबारलाई सम्बोधन गरि जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन पत्र पेश गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी क. रणदीप को नेतृत्वमा गएको १२ जनाको टोलीले सो ज्ञापनपत्र प्रमुखजिल्ला अधिकारी श्री कृष्ण आचार्य समक्ष पेश गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, अघिल्लो केपी ओली सरकारसंग गरिएको ३ बुंदे सहमती व्वयक्तिसँग नभई सस्था वा सरकारसंग गरिएकाले वर्तमान सरकारले कुनैपनी बाहनाबाजीमा बिनासर्त जेलमा रहेका राजबन्दीहरु रिहा, झुठ्ठामुद्दा खारेज र सहमतीको पालनामा जोड दिएको छ ।

ज्ञापनपत्रमा उल्लेख अनुसार, पार्टी हालको अवस्थासम्म ३ बुदे सहमती कार्यान्वयनमा ईमान्दार छ तथापी सरकारी पक्ष उदासिन भए फेरि नेपालको राजनीती ले नयाँ मोड लिनसक्ने चेतावनी समेत दिएको छ । तर ज्ञापनपत्रमा नयाँमोड केहो भन्ने कुरा भने खुलाईएको छैन । देउवा सरकारले ईमान्दारिता देखाएन भने यस सबै जिम्मा स्वयम सरकारले लिनुपर्ने
उल्लेख गरेको छ ।