रोकाया एमाले मै फर्किए

१४ असोज, काठमाण्डौ । तत्कालीन नेकपा एकीकृत माओवादी का पोलिट्ब्यूरो सदस्य तथा कम्युनिष्ट राजनीतिका प्रखर युवा नेता प्रकाश रोकाया पुनः एमालेमा प्रवेश गरेका छन् ।

रोकायाले आज काठमाण्डौको भृकुटीमण्डपमा रहेको रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् ।

युवा नेता रोकाया २०४७ सालबाट सानै उमेरमा स्कुले जिवनकै समयमा एमाले निकट भातृ संगठन अनेरास्ववियुको राजनीतिबाट आवद्ध भएर संगठनको प्रारम्भिक कमिटी, इलाका कमिटी, जिल्ला कमिटी हुँदै २०६३ सालमा अनेरास्वियुको केन्द्रीय सदस्यमा निर्वाचित भई एमालेको २३ वर्षे लामो राजनीतिलाई तिलाञ्जली दिंदै युद्धबाट खारिएर आएको तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेको घोषणा गरेका थिए आठ वर्ष अघि यही समैकै वरीपोरीमा ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनको मुखमै आएर कालिकोटको सदरमुकाम मान्ममा एक पत्रकार सम्मेलन गरेर एमाले परित्याग गरी माओवादी प्रवेश गरेको घोषणासँगै कालिकोटबाट संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवारलाई जिताउनका लागि भोट समेत माग्न भ्याएका थिए । त्यसैको परिणाम आफैले रगत र पसिना बगाएर निर्माण गरेको पार्टी एमालेको उम्मेवारलाई हराउन सफल समेत भएका थिए ।

नेता रोकायाले जब एमालेलाई धोकादिएर माओवादीमा प्रवेश गरेको दिनदेखि नै उनको राजनीति क्रमले ओरोलोतिर लाग्न सुरु भएको थियो । युद्धको मैदानबाट आएको मावादीको बन्दुक नालको धकधकी को हैकमको अगाडी एमाले पृष्ठभूमिबाट आएका रोकायाको राजनीतिक पृष्ठभूमि, योगदान, मुल्यमान्यता उनको आवाजलाई माओवादीको नेतृत्व र अन्य कमिटीहरुसम्म समेत सुनुवाई भएन । तर पनि उनी निष्ठाको राजनीति भन्दै माओवादीमा लागिरहे, एमाले भएकै कारण पेलिदै रहे । त्यसरी करिब ८ वर्ष लामो माओवादी राजनीतिमा खुम्चिएका रोकाया आजको रिपोर्टस क्लब नेपालको पत्रकार सम्मेलनमा केही खुसी र लामो सास फेरेको अनुभूति देखिन्थ्यो ।

प्रखर वक्ताका साथै नेपाली कम्युनिष्ट राजनीतिका निस्वार्थ नेताको रुपमा खरो उभिने रोकाया २३ वर्ष सम्म आफैले निर्माण गरेको पार्टी एमालेसँगआठ वर्षसम्मको सम्बन्ध बिच्छेदलाई पुन जोड्न सफल भएका छन् । आठ वर्षसम्म माओवादीमा रहँदा उनको मनमा कति कुष्ठा र बैमनस्यता रहेको रहेछ भन्ने भान आजको पत्रकार सम्मेलनमा उनको प्रशन्नता र भावले प्रष्टै देखिन्थ्यो ।

रोकायाले पत्रकार सम्मेलनमा उपलब्ध गराएको प्रेस विज्ञाप्तिमा माओवादीमा रहँदा माओवादीले दिएको पीडा, भोकेको रोधन र रानीतिक वेइमानी ओकलेका छन् । त्यस्तै उनले एमाले फर्किएकोमा खुसी, हर्ष र स्तप्ध भएको अनुभूति समेत प्रष्टाएका छन् ।

पत्रकार सम्मेलनमा रोकायाले आफू फेरी नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको त्यसका लागि एमाले नेतृत्व र अन्य नेताहरुसँग छलफल भैरहेको बताए । प्रेस बिज्ञाप्तिमा उनले कम्युनिष्ट आन्दोलन बचाउनको लागि एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिएपनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार समेत रहेको उल्लेख गरेका छन् ।

रोकायाले देश जनता र कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पुर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरुले गम्भिर भएर सोच्ने दिन आएको र कम्युनिष्ट आन्दोलन बचाउनको लागि आफू एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भैरहेको र त्यसका लागि आफू मात्र एमालेमा समाहित नभएर हजारौं माओवादी कार्यकर्ताहरु प्रवेश हुने समेत बताए ।

नेता रोकायाले एमालेमा प्रवेश गर्ने बताइरहेका बेला एमाले कै बारेमा पनि टिप्पणी उठाएका छन् उनले भने, एमालेमा भएका सबै नेताहरुमा पनि गल्ती/कमजोरी भएको त्यसलाई सुधारेर जानुपर्नेमा जोड दिएका छन् । त्यस्तै माओवादी केन्द्रले लाखौं कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै करोडौ जनताको इच्छा र चाहनाविपरित अगाडि बढिरहेको आरोप लगाउँदै पार्टी नेतृत्वले जे पनि गर्ने अवस्था आएपछि त्यसका विरुद्ध आफु उभिन बाध्य भएको बताए । सरकार गिराउने, पार्टी फुटाउने र सम्मानित सर्वोच्च अदालतबाट प्रधानमन्त्री चयन गर्न आदेश जारी गर्ने र गराउने जस्ता शक्ति पृथकीकरण सिद्धान्त विपरितका साथै अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध आफु उभिएको र त्यसैका खातिर माओवादीबाट बिद्रोह गरेर एमालेमा जान खोजेको समेत बताएका छन् ।

नेता रोकायाले प्रेस नोटमा भनेका छन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वर्गीय सोच र चिन्तनबाट विचलित नेताको रुपमा चित्रण गरेका छन् । प्रचण्डले तत्कालिन नेकपाको नेतृत्वको दुई तिहाई बहुमतप्राप्त कम्युनिष्ट सरकारलाई अपदस्त गर्न भूमिका खेलेको, जनताले नरुचाएर प्रतिपक्षमा बसालेको नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डले पटक–पटक कांग्रेस नेतृत्वसँग आग्रह गम्भीर आरोप लगाउँदै आफ्नो असहमति प्रकट गरेका छन् ।

रोकायाले माओवादी अध्यक्ष प्रचण्ड, नेताहरु कृष्णबहादुर महरा, शक्ति बहादुर बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुसँग छलफल र संवाद गरेर माओवादीमा समाहित भए पनि यो आठ वर्ष सम्म पार्टीमा आफूलाई कुनै जिम्वेवारी र राजनीतिक भूमिकाको स्पेस नदिए पछि अबको राजनीतिक सेफल्याण्ड र नेपाली काम्युनिष्ट आन्दोलनको रक्षाका लागि माओवादी छोडेर एमालेमा समाहित हुन पुगेको बताए ।