काँग्रेस कालिकोटमा पौडेल पक्षको वर्जस्व ९ वटा स्थानीय तहमध्येमा ७ वटामा पौडेल पक्ष र २ वटामा देउवा पक्ष नेतृत्व चुनिए

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केही जिल्ला बाहेक सबै अधिकांश जिल्लाका वडास्तरका अधिवेशन सकिएर गएको १० गतेदेखि वडास्तर सकिएका पालिकामा धमाधम पालिकास्तरीय सम्मेलन भइरहेका छन् । यसै क्रममा कालीकोट जिल्लामा नेपाली काँग्रेसको वडादेखि पालिकास्तरीय सम्मेलन सकिएको छ । कालिकोटमा ९ वडा स्थानीय तह रहेका छन् काँग्रेसले ती सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

कालिकोट नेपाली काँग्रेस ९ वटा स्थानीयमा भएको सर्वसहमति नेतृत्व चयनमा ७ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ भने दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता चुनिएका छन् ।

९ वडा स्थानीउ तहमध्येमा पौडेल पक्षले नेतृत्व गरेको पालिकाहरू तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, पालाता गाउँपालिका, पचालझरना गाउँपालिका, सानी त्रिवेणी गाउँपालिका, महाबै गाउँपालिका र शुभकालिका गाउँपालिकामा रहेका छन् । रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकाको नेतृत्व देउवा पक्षले नेतृत्व गरेको छ ।

काँग्रेस १४औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रथम पालिकास्तरीय अधिबेसनबाट ९ वटै स्थानीय तहमा सर्वसहमतिबाट नेतृत्व चयन गरेका नेतृत्वहरुमा तिलागुफामा धिरेन्द्र थापा, खाँडाचक्रमा भानुभक्त शर्मा आचार्य, पालातामा धिरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल, सानीत्रिवेणीमा वीरेन्द्र केसी, महाबैमा पुराधी अधिकारी र शुभकालिकामा दीर्घबहादुर शाही सभापति चयन भएका छन् । त्यस्तै रास्कोट नगरपालिकामा वीर फर्साल र नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला सभापतिमा चएन भएका छन् ।