Breaking News

हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जना पक्राउ

५ असोज, काठमाडौं । हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको बताइएको छ