५ असोज, काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक (बजेट) पेश भएको छ । हिजो सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो ।
एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
अब राष्ट्रियसभा सदस्यले ७२ घण्टाभित्र विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्नेछन् । र, सांसदहरुको संशोधनसहित मन्त्रालयत रुपमा छलफल गरेर पारित गरेपछि पुनः प्रतिनिधिसभा, सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्नेछ र बजेट कार्यान्वयनमा जानेछ ।
राष्ट्रियसभा अध्यक्षले विनियोजन विधेयकमाथि दफावार छलफल समूहीकृत हुने र दफावार छलफल यही असोज ७ गते दिउँसो २ बजे बस्ने बैठकमा हुने गरी समय तोकेको घोषणा गरेका छन् ।