अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डमा कता पर्ने हो थाहा छैन

पूर्व सभामुख ढुंगान

काठमाडौमा श्वेतशार्दुल पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व सभामुख ढुंगानले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद अहिले अंशबण्डामा परेको बताएका छन् । अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डमा कता पर्ने हो थाहा छैन ।’ उनले अहिले कम्युनिस्ट र काँग्रेस दुवै पार्टीमा विचारको सङ्कट आएको भन्दै मदन भण्डारीले प्रतिपादन गरेको जबजले कम्युनिस्ट पार्टीलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गरेको बताएका हुन् ।

कम्युनिस्ट पार्टीहरू पावर सेयरिङ नगरी पावर कन्सन्टेशनमा लाग्दा टुक्रिने गरेको पनि बताए । ‘मदन भण्डारीले कसरी लचिलो भएर जबजको भरमा पार्टीलाई अघि बढाउनुभएको थियो , एमाले अध्यक्ष केपी ओली समेत सहभागी कार्यक्रममा ढुङ्गानाले भने, ‘मदनले कम्युनिस्ट पार्टीलाई पनि बचाउनुभयो, कम्युनिस्ट आन्दोलनलाई पनि बचाउनुभयो । संसदीय व्यवस्थाभित्र पस्नुभयो र आफ्नो नेता मनमोहन अधिकारीलाई प्रमुख प्रतिपक्षको नेता बनाउनुभयो ।’

मदनको जस्तै फेक्सिविलिटी आजको कम्युनिस्ट पार्टीमा चाहिएको भन्दै कम्युनिस्ट पार्टी र लोकतन्त्रमा नै चुनौती रहिरहने बताए । उनले संविधान कहिल्यै पनि पूर्ण नहुने भन्दै त्यसलाई संशोधनमार्फत पूर्ण बनाउन सकिने भएकाले त्यसतर्फ दलहरूले ध्यान पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए ।