एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग

५ असोज, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा बोल्ने क्रममा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् ।

उनले समय लिएर बोल्ने क्रममा सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।

‘कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख) ले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो’ श्रेष्ठले भने ।

राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक (बजेट) पेश भएको छ । विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले एमाले संसद श्रेष्ठलाई बोल्न समय दिएका थिए । त्यसपछि एमाले सांसद श्रेष्ठले एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने बताएका हुन् ।