सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ

५ असोज, धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् ।

नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।

गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।