नेपालमा थप ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका छन् । ११ हजार १८ जनाको कोराना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आजै कोरोनाका १४२३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५।१ प्रतिशत पुगेको छ ।
आजै कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ ।