Breaking News

शेयर बजारमा साताको पहिलो दिन आज उच्च अंकको सुधार

२७ भदौ, काठमाडौं । शेयर बजारमा साताको पहिलो दिन आज उच्च अंकको सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ ।
उता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेको छ । कारोबार रकम ९ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।