Breaking News

अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने निश्चित मुख्यमन्त्रीका लागि पाण्डे र बानीयाँको दाबी

बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउन सुरु । तर कसको नेतृत्वमा बन्ने भने निक्र्योल भने भएको छैन । एमाले बिभाजन संगै ओलीले निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेललाई राजीनामा दिन लगाएर माधव नेपाल पक्षीय नेतृ अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री बनाएका थिए । जुन त्यस बेला माधव नेपाल सहितका एमालेका ५६ जना प्रदेश सांसद थिए ।

एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीमा बागती प्रदेशबाट १३ जना सांसद खुलेपछि अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा पर्दै आएको थियो । गएको भाद्र २३ गते निर्वाचन आयोगलेअएमाले छोडेर एकीकृत समाजवादीमा समाहित हुने अन्तिम मिति दिएपछि सोही दिनदेखि एमालेका १३ जना सांसद एकीकृत समाजवादीका भएपछि एमालेका सांसद ५६ बाट ४३ झरेसँगै बागमतीमा एमालेको सरकार अल्पमत परेकोले गठबन्धन दलकाहरुले बागमतीमा नयां सरकार गठनको थालनी गरेका हुन् ।

गठबन्धनले नयाँ सरकार बनाउन तयारी गरेसँगै मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीका लागि दाबी गर्न थालेका छन् । केन्द्रीय नेतृत्वसँग उनीहरुले आ–आफ्नो दाबी गरिरहेका छन् ।
यद्यपी बागमती सरकारको नेतृत्वक लागि भने केन्द्रकै निर्णय पर्खनु पर्ने भएको छ ।

बागमती प्रदेशसभामा कुल रहेका १०९ जना सांसदमध्ये १३ नेकपा एकीकृत समाजवादीका, २३ नेकपा माओवादी केन्द्रका, २२ नेपाली काँग्रेसका सांसद छन् । यी तीन दल मिल्दा प्रदेशसभामा गठबन्धनको पक्षमा ५८ सांसद हुन्छन्, जो प्रदेशसभाको पूर्ण बहुमत संख्या हुन्छ ।
त्यस्तै अरु साना दल र स्वतन्त्र गरी ८ सिट रहेका छन् ।