सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

२४ भाद्र, काठमाण्डौ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजनाका साथै, संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ ।

बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आजको बैठकमा उपर्युक्त विषयमा सामान्य छलफल भएपनि महत्वपूर्ण निर्णय भने केही नभएको बताइन् । उनका अनुसार बैठकमा एमालेले संसद अवरुद्ध पारेपछिको अवस्थाबारे पनि समीक्षा भएको थियो ।

बैठकमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दवाव आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्याउनुपर्ने विषयमा धारणा राखेका थिए ।