नेपाल र बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाली महिला टिम २-० को अग्रता

२४ भदौ, काठमाडौं । नेपाल र बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाली महिला टिमले २(० को अग्रता बनाएको छ ।

दशरथ रंगशालामा पहिलो पटक खेलिरहेको नेपालले २३ मिनेटभित्र नै दुई गोल गरेको हो । दुवै गोल पहिलो पटक राष्ट्रिय टिममा खेल्दै गरेका दुई खेलाडीले गरे ।

खेलको १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चौधरीको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । २३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुको पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।