कांग्रेसको १४औं महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ ।

कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । हाल विभिन्न जिल्लामा वडा अधिवेशन चलिरहेको छ ।