बाजुरा बुढीनन्दा नगरपालिमा अवस्थित त्रिवेणी पादुका मन्दीर पर्यटकीय स्थलको रुपमा चिनिदै

२४ भाद्र, बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी पादुका मन्दीर पर्यटकीय स्थलको रुपमा चिनिएको छ । जिल्लाको चार वटा स्थानीय निकायको संगमस्थल सो त्रिवेणी पादुका मन्दीर बुढीनन्दा नगरपालिमा अवस्थित अन्य स्थानीय निकायहरु हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगनाथ गाउँपालिकाको संगमस्थलमा पर्छ ।

संगमस्थलमा स्थापना भएको मन्दीर भएकाले नै यहाँ भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । बाजुराको प्रमुख पर्यटीय स्थलका रुपमा चिनाउन लागिएको सो मन्दीरलाई पर्यटकको उद्गम स्थलको रुपमा चिनिदै छ । बुढीनन्दा नगरपालिकाले सो मन्दीरलाई बाजुरा जिल्लाको साथै सुदूरपश्चि प्रदेशकै पर्यटकीय स्थलको रुपमा चिनाउन समेत बताएको छ ।

मन्दीरमा पूजाआजाका साथै घुम्न आउने र मनोरम लिन आउने पर्यटककोे समेत आगमन हुने गर्दछ । आज नेपाली महिलाहरुको महान चाँड हरितालिका तिज भएकाले यो मन्दीरमा महिलाहरुका साथै भक्तजनहरुको उल्लेख्य भिड लागेको छ । यो भन्दा अगाडी त्यति व्यवस्थित र पुजाआजाको वातारण नभएको यो मन्दीरमा यसपालिदेखि व्यवस्थित र भक्तजनहरुलाई दर्शनका लागि भरपूर्ण बनाएकाले दर्शालुहरु आउने क्रम बढीरहेको पनि छ । आउने भक्तजन र दर्शालुहरुले मन्दीर पहिलाको भन्दा राम्रो र व्यवस्थित भएको तर अझै केही अपूर्ण र दर्शालुहरुलाई पुजाआजा गर्नको लागि अझै समस्या भएकाले लाईनबद्धका साथै महिला पुरुषको बेग्लाबेग्लै लाईन भएको खण्डमा अझै राम्रो हुने भक्तजनहरु बताउँछन् ।

त्रिवेणी पादुका मन्दीर दर्शालुका लागि दर्शन गर्न मात्र नभएर पर्यटीकय स्थलको रुपमा समेत परिणनत भएकोे छ । यहाँको रमणीय वनजंगलका साथै हिमाल र घुम्नलाएक ठाउँ भएकाले पनि आन्तरिकका साथै बाह्य पर्यटक समेत आउने आशावादी छ त्यहाँको स्थानीय सरकार । पर्यटकलाई आक्रषित गर्नका लागि मन्दीरको व्यवस्थापनका साथै पर्यटकलाई खान र बस्नको समेत राम्रो व्यवस्था भएको खण्डमा अझै राम्रो हुने स्थानीयबासी बताउँछन् यसका लागि स्थानीय सरकार र सरोकारवाला निकायले सयममै ध्यान पुर्याएर त्रिवेणी पादुका मन्दीरलाई पर्यटीय स्थलको रुपमा चिनाउन सफल होस् शुभकामना ।